सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, ७ बैशाख २०८३ / Monday, 20 April 2026

रसुवामा सुख्खा पहिरोले राजमार्ग अवरुद्ध

प्रकाशित समय: सोमवार, १० : ०९ बजे पुष १६ गते



रसुवामा सुख्खा पहिरोले राजमार्ग अवरुद्ध

रसुवा, १६ पुस  पासाङलामु अन्तर्राष्ट्रिय राजमार्गअन्तर्गत गोसाइँकुण्ड गाउँपालिका–५ खोपाङस्थित आज बिहान सुख्खा पहिरो जाँदा राजमार्ग पूर्णरुपमा बन्द भएको छ ।

 

रसुवाका प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलका अनुसार राजमार्ग सञ्चालन गर्न डिभिजन सडक कार्यालय नुवाकोटसँग समन्वय भइरहेको र सम्भवतः आजै साँझसम्म राजमार्ग सञ्चालन गराउने प्रयास हुने छ ।

 

राजमार्ग बन्द हुँदा नियमित यात्रुबहाक बस, एम्बुलेन्स, नेपाल चीनबीच सामान आयातनिर्यात गर्ने ट्रक तथा कन्टेनरसहित सयौँको सङ्ख्यामा रोकिएको जिल्ला ट्राफिक प्रहरी इञ्चार्ज नवराज खड्काले बताउनुभयो ।

 

पहिरो गएको स्थान असहज भए पनि बटुवाको आवतजावत भइरहेको बताइएको छ ।