सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, ७ बैशाख २०८३ / Monday, 20 April 2026

५ वर्षीय बालिका बलात्कृत

प्रकाशित समय: सोमवार, ०४ : ४५ बजे पुष १६ गते



५ वर्षीय बालिका बलात्कृत

१६ पुस, वीरगञ्ज । पर्साको पकहामैनपुर गाउँपालिका १ मा धोरेमा ५ बर्षकी बालिकामाथि बलात्कार भएको छ ।

 

छिमेकी अन्दाजी २० बर्षका देवकुमार पटेलले बालिकाको बलात्कार गरेको आरोप लागेको छ । उनी फरार छन् । आइतबार अपरान्ह बालिका साथीसँगै खेलिरहेको अवस्थामा चकलेट दिन्छु भन्दै फकाएर पटेलले कोठामा लगेर बलात्कार गरेको स्थानीयले बताएका छन् ।

 

बालिका चिच्याएपछि अरुले थाहा पाएका थिए । पर्साका प्रहरी प्रमुख रेवती ढकालले बालिकालाई छिमेकीले बलात्कार गरेको भनी उजुरी परेकोले उनको खोजी भइरहेको बताए ।

 

‘घटना पछि बालिकालाई नारायणी उपक्षेत्रिय अस्पतालमा ल्याएर स्वास्थ्य परीक्षणसँगै उपचार गराइएको छ’ उनले भने ‘बालिकाको बलात्कार भएको उजुरी परेको छ । आरोपी फरार छन् । खोजी भइरहेको छ ।’