सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिने कांग्रेसको निर्णय

प्रकाशित समय: बुधवार, ०३ : २९ बजे चैत्र ८ गते



मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिने कांग्रेसको निर्णय

हेटौंडा । नेपाली कांग्रेसले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत दिने निर्णय गरेको छ ।

 

आज काठमाडौँमा बसेको संसदीय दलको बैठकले जम्कट्टेललाई विश्वासको मत दिने निर्णय गरेको हो ।बैठकले केन्द्रमा कांग्रेस-माओवादी केन्द्रसहितको दलहरुको गठबन्धनमा भएको सहमति अनुसार सरकारको निर्माण गर्ने निर्णय समेत गरेको उनले बताए ।

 

बागमतीमा राप्रपाले सरकार छाडेपछि संविधानको व्यवस्था अनुसार मुख्यमन्त्री जमकट्टेलले विश्वासको मत लिँदैछन् ।