सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, ७ बैशाख २०८३ / Monday, 20 April 2026

बागमती प्रदेशसभा बैठक शुक्रबारका लागि सारियो

प्रकाशित समय: बुधवार, ०४ : ५५ बजे चैत्र ८ गते



बागमती प्रदेशसभा बैठक शुक्रबारका लागि सारियो

हेटौँडा, ८ चैत । बागमती प्रदेशसभाको बैठक आउँदो शुक्रबार बस्नेगरी सारिएको छ । बुधबार अपरान्ह ३ बजेका लागि बोलाइएको प्रदेशसभा बैठक १० चैत शुक्रबार दिउँसो १ बजे बस्नेगरी सारिएको हो । 

 

बुधबारको बैठकमा मुख्यमन्त्री शालिकराम जम्कट्टेल विश्वासको मत लिने तयारी गरेका थिए । तर,  कांग्रेस सांसद अनुपस्थित हुने भएपछि मुख्यमन्त्री जम्कट्टेल र सभामुख भुवन पाठकबीच छलफलपछि बैठक सारिएको हो ।