सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, ७ बैशाख २०८३ / Monday, 20 April 2026

समायोजनका लागि २६ हजार कर्मचारीको आवेदन

प्रकाशित समय: बुधवार, ०८ : २५ बजे पुष १८ गते



समायोजनका लागि २६ हजार कर्मचारीको आवेदन

काठमाडौँ, १७ पुस कर्मचारी समायोजनका लागि २६ हजार १३० जना कर्मचारी अनलाइन प्रणालीमा नाम दर्ता गराएका छन् ।

 

यही पुस ११ गतेदेखि सङ्घ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गर्न सरकारले सञ्चालन गरेको अनलाइन फारममा २६ हजार १३० जनाले नाम दर्ता गराएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव अनिता निरौलाले जानकारी दिनुभयो ।

 

उहाँका अनुसार तीमध्ये १९ हजार ८६८ जना समायोजन रोज्नका लागि तयार र छ हजार २६२ जनाले समायोजनका लागि फारमसमेत भरिसकेका छन् । यही पुस मसान्तभित्र सङ्घ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन अध्यादेश–२०७५ ल्याउँदै समायोजनको कार्य शुरु गरेको छ ।

 

सरकारले पुस ११ गते २१ दिनभित्र समायोजनमा जानका लागि कर्मचारीलाई अनलाइन आवेदन माग गरेको छ । समायोजनका लागि फारम भर्नका लागि सरकारले सबै मन्त्रालय, निकाय, आयोग, समिति र स्थानीय तहमा ‘सहयोगी कक्ष’ सञ्चालन गरेको छ ।

 

आवेदन दिएकामध्ये आध्यदेशअनुसार योग्य भएका कर्मचारीलाई छनोटमार्फत समायोजन गरिने उपसचिव निरौलाले बताउनुभयो ।