काठमाडौँ, कागेश्वरी मनहरा नगरपालिकाका स्थानीय बासिन्दाले न्यायिक समितिले गरेको फैसला कार्यान्वयनमा कठिनाइ भएको गुनासो गरेका छन् ।
काठमाडौँ अदालतले आज जनतासँग अदालत विषय कार्यक्रममा स्थानीय बासिन्दाले स्थानीय न्यायिक समितिले गरेको फैसला कार्यान्वयनमा कठिनाइ भएको गुनासो गरेका हुन् । काठमाडौँ अदालतका न्यायाधीश रमेशराज पोखरेलले न्यायिक समितिले गरेको फैसला कार्यान्वयन नगर्ने निकायविरुद्ध अदालतमा मुद्दा हाल्न सकिने बताउनुभयो ।
उहाँले अदालतका कतिपय सानासाना काम स्थानीय समितिले समाधान गर्दा छोटो समयमा निरुपण हुने र ठूला मुद्दा अदालतमा जाँदा छिटो न्याय दिन सजिलो हुने बताउनुभयो । स्थानीय बासिन्दाले जिल्ला अदालतको मुद्दाको फैसलालाई उच्च र सर्वोच्च अदालतले उल्टाउने परिपार्टीले न्याय पाउनका लागि निकै लामो समय लाग्ने हुँदा सहज न्यायको प्रक्रिया बढाउनुपर्ने धारणा राखेका थिए ।
कागेश्वरी मनहरा नगरपालिकाका प्रमुख हरिकृष्ण थापाले स्थानीय तहका न्यायिक समिति हुँदा साना मुद्दा किनारा लाउन सहज हुने बताउनुभयो । जनतासँग अदालतमा कार्यक्रममा अदालत र जनसमुदायबीचको गलत बुझाई, वास्तविकताका बारेमा नागरिकको कुरा सुन्ने र न्यायका बारेमा चेतना जगाउने उद्देश्यले सो कार्यक्रमको आयोजना गरेको अदालतका से्रस्तेदार कृष्णप्रसाद नेपालले जानकारी दिनुभयो ।
सबै जिल्ला अदालतले वर्षमा चार वटा यस्ता कार्यक्रम गर्नुपर्छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ