हेटाँैडा, प्रदेश नं ३, स्थानीय तहका कार्यपालिका सदस्यको सेवा सुविधामा वृद्धि भएको छ ।
प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँ कार्यपालिका सदस्यको सेवा सुविधालाई बढाउने निर्णय गरेको हो ।
जसअनुसार महानगर कार्यपालिका सदस्यले मासिक रु १५ हजार, उपमहानगरकाले रु १३ हजार, नगरपालिकाले रु ११ हजार र गाउँपालिका कार्यपालिका सदस्यले रु सात हजार पाउने भएका छन् ।
यसअघि महानगरका कार्यपालिका सदस्यले रु आठ हजार, उपमहानगरकाकाले रु सात हजार ५००, नगरपालिकाकाले रु सात हजार र गाउँपालिकाकाले रु छ हजार पाउँदै आएका थिए ।
बैठकले नुवाकोटमा भएको सवारी दुर्घटनामा मृत्यु भएका परिवारलाई राहत स्वरुप प्रदेश सरकारको तर्फबाट रु एक लाख दिने निर्णय भएको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेलले जानकारी दिनुभयो ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ