काठमाडौं, २४ चैत।उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सरकारले विज्ञापन व्यवसायलाई व्यवस्थित बनाउनका लागि राष्ट्रिय नीति ल्याउन लागेको बताउनुभएको छ ।
शुक्रबार काठमाडौंमा भएको राष्ट्रिय विज्ञापन संघ नेपालको प्रारम्भिक साधरण सभामा बोल्दै मन्त्री रिजालले सरकारले विज्ञापन व्यवसायलाई व्यवस्थित बनाउन राष्ट्रिय नीति ल्याउन लागेको भन्दै उक्त नीतिमा विज्ञापन व्यवसाय क्षेत्रको दायरा बढाउन सहयोग गर्ने बताउनुभएको हो । उहाँले अझै पनि धेरै क्षेत्र विज्ञापन संघको दायराभन्दा बाहिर रहेको भन्दै व्यवसायीहरुको दायरामा ल्याउन आवश्यक रहेको बताउनु भयो । मन्त्री रिजालले नेपालमा अन्तर्राष्ट्रिय स्तरबाट सामानहरु बेच्ने गरेपनि विज्ञापन आउन नसकेको बताउनु भयो । उहाँले त्यसलाई पनि कानुनी दायरामा ल्याएर आवश्यक रहेको बताउनुभयो । उहाँले विज्ञापनको क्षेत्रमा आफूलाई सबै विषय जानकारीमा नभएको भन्दै व्यवसायीहरुको सल्लाह सुझावको माग समेत गर्नुभयो । मन्त्री रिजालले विज्ञापन व्यवसायीहरुलाई परेको समस्या समाधानका लागि सहयोग गर्न सरकार तयार रहेको बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय विज्ञापन संघ नेपालका अध्यक्ष धर्मेन्द्रकाजी श्रेष्ठले देशभर छरिएर रहेका विज्ञापन एजेन्सीलाई एउटै मालामा गाँसेर सबैको हितका लागि सहकार्य गरेको बताउनुभयो । उहाँले नेपालमा रहेको बेरोजगारी समस्यालाई सम्बोधन गर्न मुलुममा विज्ञापन उद्योग स्थापना गर्न तर्फ अग्रसर हुनुपर्ने दायित्व संघको रहेको बताउनुभयो ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ