काठमाडौं । काठमाडौंको गैरीगाउँमा बस्दै आएका सुकुम्बासीलाई काठमाडौं महानगरपालिकाले हटाउन खोज्दा झडप भएको छ । महानगरको टोली डोजर लिएर सुकुम्बासी वस्ती हटाउन आउँदा सुकुम्बासीहरूले प्रतिकार गरेका छन् ।
महानगरपालिकाले तीनकुने गैरीगाउँ क्षेत्र आसपासका सुकुम्बासी बस्ती हटाउने तयारी गरेको थियाे ।महानगरपालिकाले बस्ती हटाउने तयारी गरेपछि सुकुम्बासीहरू घरेलु हातहतियारसहित प्रतिकारको लागि तयारी अवस्थामा छन् ।
यहाँकाे अवस्था तनावग्रस्त बनेको छ । महानगरको डोजर वस्ती छिर्न सकेको छैन । सुकुम्बासीहरूले टायर बालेर विरोध गरिरहेका छन् । ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
काठमाडौं महानगरपालिकाले केही समयअघि देखि अव्यवस्थित सुकुम्बासी बस्ती हटाउने प्रयास गरे पनि सफल हुन सकेको छैन । काठमाडौंका मेयर बालेन्द्र साहले अव्यवस्थित सुकुम्बासी हटाउन पटक-पटक सरकारलाई आग्रह गर्दै आएका छन् ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ