सुर्खेत, २५ चैत । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले केही दिनमै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका छन्।
शनिबार सुर्खेत विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेसको सहभागिता पनि चाडै हुने बताएका छन् ।उनका अनुसार मन्त्री पठाउने विषयमा पार्टीमा विवाद नभएको जिकिर गर्दै सो बारेमा आन्तरिक छलफल चलिरहेकाले ढिलाई भएकाे हाे । यद्दपी, अबको केही दिनभित्रै मन्त्रिपरिषद्ले पूर्णता पाउने उनको भनाई छ । ‘केही आन्तरिक कुराले मात्र सरकारमा मन्त्रीको नाम पठाउन ढिलाई भएको हो,’ उनले भने, ‘यस विषयमा अहिले पार्टीमा कुनै विवाद छैन्, एकदुई दिनमा सरकारले पुर्णता पाउँछ,’ उनले भने
शान्ति प्रक्रियाका बाँकी कामलाई पूरा गर्ने जनाउँदै कांग्रेस उपसभापतिसमेत रहेका खड्काले सरकारले हालै सार्वजनिक गरेको न्युनतम साझा कार्यक्रमको जगमा नै टेकेर आगामी बजेट ल्याइने बताए।कर्णाली प्रदेशको सरकार पनि केन्द्रको गठबन्धन अनुसार हुने अघि बढने जनाएका उपप्रधानमन्त्री खड्काले भने, ‘शीर्ष नेताहरुबीचको बैठक बसेर कर्णाली सरकार परिवर्तनको विषयमा छलफल हुनेछ, अब चाँडै कर्णालीमा कांग्रेस सरकारमा गएको देख्नु हुनेछ।’
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ