काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले चालु आर्थिक वर्षमा हालसम्म उद्योग मन्त्रालयको बजेट खर्च न्यून रहेको बताएका छन् ।
शुक्रबार निर्यात व्यवसायी महासङ्घ नेपालको तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्। मन्त्री रिजालले उद्योग मन्त्रालय अन्य मन्त्रालयको तुलनामा चालु आर्थिक वर्षमा खर्च गर्ने मन्त्रालयहरूमा सबैभन्दा कमजोर बनेको उल्लेख गरे।
उनले निर्यात व्यवसाय प्रवर्द्धनका लागि सरकार सहयोग गर्न तयार रहेको बताए । निर्यात व्यवसायीले देशको व्यापार घाटा कम गर्न महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै मन्त्री रिजालले नेपालका दुवै छिमेकी देश ठूला रहेकाले दुवैसँग समान व्यवहार गरेर सम्हालिएर अघि बढ्न आवश्यक रहेको औँल्याए ।
‘ट्रेड ब्यालेन्सको यो जुन ग्याप छ, यसलाई पूरा नगरी मुलुक अघि बढ्न सक्दैन । आजको युग भनेको ओपन मार्केटमा गइसकेको युग, तपाईँहरूले आफैँ पनि प्रतिस्पर्धा गर्नुपर्छ । सरकारले सहयोग गर्नुपर्छ, तपाईँहरूलाई सहयोग गर्न सरकार तयार छ, तपाईँहरूले बढी प्रयास गर्नुपर्छ,’ उनले भने ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ