सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, १९ बैशाख २०८३ / Saturday, 02 May 2026

ललितपुरमा अपार्टमेन्ट बनाउने क्रममा वरिपरिका घर भासिए

प्रकाशित समय: शनिवार, ०३ : २१ बजे चैत्र २५ गते



ललितपुरमा अपार्टमेन्ट बनाउने क्रममा वरिपरिका घर भासिए

ललितपुर ।ललितपुरको बखुण्डोलमा समिट अपार्टमेन्ट बनाउने क्रममा वरपरका घरहरु भासिएकाे छ ।समिट अपार्टमेन्ट बनाउन जग राख्न डोजर लगाए खन्दा वरपरका घरहरु भासिएको हो । अपार्टमेन्ट बनाउन लागेको जग्गासँगै जोडिएको दुई वटा घर पुरै भत्किएको छ ।

 

थप दुई घर दुई तल्लासम्म भासिएको छ । शुक्रबार राति घरहरु भत्किनुको साथै घरहरु भासिएको थियो । साथै सडक समेत चर्किएको छ । स्थानीयहरुको राति भागदौड मच्चिएको थियो । मानविय क्षति भने भएको छैन ।

 

अपार्टमेन्ट बनाउनका लागि सम्बन्धित वडा र अन्य कुनै पनि निकायबाट अनुमति नलिएको पनि स्थानीयको दावी छ ।  गैरकानुनी ढंगले अपार्टमेन्ट बनाउने र आफूहरुलाई घरबासविहिन बनाउने पक्षलाई तत्काल कारबाही गर्न समेत उनीहरुले माग गरेका छन् ।घटनास्थलमा ललितपुरकी सांसद डा. तोसिमा कार्की पनि पुगेकी छन् ।