सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, १९ बैशाख २०८३ / Saturday, 02 May 2026

मुकुन्द न्यौपानेले त्यागे एकीकृत समाजवादी

प्रकाशित समय: शनिवार, ०३ : ३६ बजे चैत्र २५ गते



मुकुन्द न्यौपानेले त्यागे एकीकृत समाजवादी

काठमाडौं, २५ चैत । नेकपा एकीकृत समाजवादीका नेता तथा मुकुन्द न्यौपानेले पार्टी छाडेका छन् ।

 

माधवकुमार नेपाल र झलनाथ खनाल पछिको वरियतामा रहेर नेकपा एकीकृत समाजवादी गठन गरेका नेता न्यौपानेले शनिवार पत्रकार सम्मेलन आयोजना गरेर सो पार्टी छाडेको घोषणा गरेका हुन् ।न्यौपानेले नेकपा एसमा कम्युनिस्ट चरित्र सकिएर दक्षिणपन्थीको सेवक मात्र बनेको र जति खाएपनि नभरिने नेताहरूको चरित्र देखिएको भन्दै सो पार्टी परित्याग गरेको जनाएका छन् । आफूले केन्द्रीय कमिटी बैठकमा ३३ बुँदे फरक मत राखेर छलफलको माग राखे पनि छलफल गर्न नदिएको पनि उनको गुनासो छ ।

 

नेता न्यौपानेले भविष्य नभएको पार्टीको नेता भएर बसिरहनु भन्दा सम्मानित नागरिक भएर जिउने खोजेको भन्दै पार्टीको साधारण सदस्यबाट समेत राजीनामा दिएको बताए ।उनका अनुसार एसका अध्यक्ष माधवकुमार नेपालको कार्यशैलीवाट झलनाथ खनाल पनि असन्तुष्ट रहेको जनाउँदै एमालेले सम्मानित स्थान दिए फर्केर आउने मनस्थितिमा रहेका छन् । त्यसका लागि नेकपा एमालेले पहल गर्नुपर्ने उनको भनाई छ ।