सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

कर्णाली सरकारलाई दिएको समर्थन एमालेले फिर्ता लियो

प्रकाशित समय: सोमवार, ०३ : ३० बजे चैत्र २७ गते



कर्णाली सरकारलाई दिएको समर्थन एमालेले फिर्ता लियो

सुर्खेत, २७ चैत । नेकपा एमालेले सोमबारबाट लागु हुनेगरी कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन लिएको छ । 

 

आइतबार एमालेका तीन मन्त्रीले राजीनामा दिएका थिए । यसको भोलिपल्टै सोमबार नै एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो । मुख्यमन्त्री राजकुमार शर्मालाई विश्वासको मत दिएको दुई हप्ता नपुग्दै एमालेले समर्थन फिर्ता लिएको हो ।