सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, १९ बैशाख २०८३ / Saturday, 02 May 2026

ढाका कुमारबारे निर्णय गर्न रास्वपाको बैठक बस्दै

प्रकाशित समय: मगलवार, ०९ : ४६ बजे चैत्र २८ गते



ढाका कुमारबारे निर्णय गर्न रास्वपाको बैठक बस्दै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज अनुशासन आयोगको बैठक बोलाएको छ ।

 

आफ्ना सांसद ढाकाकुमार श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको ‘अडियो प्रकरण’ बारे छलफल गर्न रास्वपाले मंगलबार बिहान ११ बजेका लागि आयोगको बैठक बोलाएको हो ।

 

पार्टी कार्यालय बसुन्धरामा बस्ने बैठकले श्रेष्ठबारे निर्णय गरेर केन्द्रीय समितिलाई सिफारिस गर्ने रास्वपा अनुशासन आयोगका संयोजक भरतमणि देवकोटाले जानकारी दिए । उनका अनुसार श्रेष्ठले सोमबार नै स्पष्टीकरण बुझाइसकेका छन् ।

 

स्पष्टीकरणमा उनले आफूलाई जोडेर आएको अडियो नक्कली भएको दाबी गरेका छन् ।