काठमाडौँ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रलाई सुधार गरि सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा तीव्रताका साथ अगाडि बढ्न सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ ।
मंगलबार काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं वार्षिक साधारणसभा उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले विगतका तीन महिनामा अर्थतन्त्रका केही सूचकहरुमा सुधार देखिएको भन्दै अर्थतन्त्र संकटमा जाने शंकाबाट सुधारतर्फ अघि बढेको समेत बताउनुभयो । उहाले अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि अर्थ मन्त्रालय, राष्ट्र बैंक र निजी क्षेत्रबीच धेरै छलफल भएको र सरकारको सम्पूर्ण तागत अर्थतन्त्रलाई गति दिनेमा नै हुने जिकिर गर्नुभयो । अहिले बजेट तथा नीति निर्माण प्रक्रियाको अन्तिम चरणमा रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्र सुधार्न केही नयाँ, ठूलो र गुणात्मक बजेट ल्याउन लागिएको जानकारी दिनुभयो । बिभिन्न संघर्षबाट प्राप्त राजनीतिक एवं संवैधानिक अधिकारको रक्षा एवं प्रगतिशील कार्यान्वयनका लागिसमेत आर्थिक समृद्धि र विकासलाई केन्द्रमा राखेर अगाडि बढ्नुको विकल्प नरहेको उहाले बताउनुभयो ।
त्यस्तै अर्थमन्त्री डा प्रकाशशरण महतले मुलुकको आर्थिक समस्या समाधानका लागि सरकार गम्भीर रुपमा अघि बढेको भन्दै यसमा नीजि क्षेत्रको सहकार्य अपरिहार्य भएको बताउनुभयो । पुँजीगत खर्च बढाउने र अनावश्यक खर्च घटाउने लगाएतका अर्थतन्त्र सुधारको लागि सरकारले अल्पकालीन र दीर्घकालीन नीति बनाउन लगेको उहाले बताउनुभयो ।
त्यस्तै महासंघका अध्यक्ष शेखर गोल्छाले कोरोनाकालमा पनि नभएको अर्थतन्त्रको समस्या यसपटक देखिएको भन्दै अहिलेको अप्ठेरो अवस्था लामो समय नरहने बताउनुभयो । उहाले निजी क्षेत्र समस्यामा पर्दा यसको असर मुलुकको अर्थव्यवस्थामा पर्ने भएकाले सहज बातावरण बनाउनका लागि सम्बन्धीत निकायले सहजीकरण गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाले मुलुकको उद्योगधन्दाहरुलाई सहज रुपमा चल्नदिनुका साथै वैदेशिक लगानी भित्राउनका लागि पनि सरकार उदार भएर अघि बढ्नुपर्ने धारणा राख्नुभयो । महासंघको साधारणसभाले नयाँ नेतृत्व चयन गर्नेछ । साधारणसभाबाट हाल महासंघका वरिष्ठ उपाध्यक्ष पदमा रहेका चन्द्र ढकाल स्वतः अध्यक्ष हुनुहुनेछ भने नयाँ वरिष्ठ उपाध्यक्ष लगायतका पदका लागि बुधबार निर्वाचन हुनेछ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ