सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, १९ बैशाख २०८३ / Saturday, 02 May 2026

आफूलाई एक्लो पारे कोर टिम सार्वजनिक गर्ने ढाका कुमारको चेतावनी

प्रकाशित समय: बुधवार, १२ : ५२ बजे चैत्र २९ गते



आफूलाई एक्लो पारे कोर टिम सार्वजनिक गर्ने ढाका कुमारको चेतावनी

काठमाडौँ । रास्वपाका सांसद डा. ढाकाकुमार श्रेष्ठले ‘कोर टिम’ सार्वजनिक गर्ने चेतावनी दिएका छन् । २ करोड अडियो प्रकरणमा मुछिएका रास्वपाका सांसद श्रेष्ठले अनुशासन एवम् आचरण समितिले लिएको बयानको क्रममा श्रेष्ठले यस्तो चेतावनी दिएका हुन् ।

 

यसअघि मङ्गलवार बसेको समितिको बैठकले श्रेष्ठलाई प्रकरणबारे सोधपुछ गरेको थियो । त्यस बेला श्रेष्ठले पार्टीले आफूमाथि सहानुभूति राख्नुपर्ने बेलामा पेलेको भन्दै गम्भीर असन्तुष्टि व्यक्त गरेका थिए ।

 

उनले समितिलाई आफूविरुद्ध भइरहेको षड्यन्त्रबारे बुझ्न जिकिर गरेका थिए । उनले आफूलाई एक्लै पारिए कोर टिम सार्वजनिक गर्ने चेतावनी समेत दिएका छन् ।