सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, ७ बैशाख २०८३ / Monday, 20 April 2026

चार किलो सुनसहित तीनजना पक्राउ

प्रकाशित समय: शुक्रवार, ०९ : १९ बजे पुष २० गते



चार किलो सुनसहित तीनजना पक्राउ

धादिङ , धादिङको गजुरीबाट चार किलो सुनसहित तीनजना पक्राउ परेका छन् ।

 

बिहीबार राति पौने १० बजेतिर गजुरी गाउँपालिका–१, सिद्धेश्वरी मन्दिर अगाडिबाट दुईवटा मोटरसाइकलमा आएका उनीहरुलाई चार किलो सुनसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

 

उनीहरु बा ८७ प ७७३१ र प्रदेश नम्बर ३, ०२–००३ प २५४० नम्बरको मोटरसाइकलमा रहेको जनाए पनि प्रहरीले उनीहरुको नाम खुलाएको छैन ।

 

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।