सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, १९ बैशाख २०८३ / Saturday, 02 May 2026

काँग्रेसले लगायो मन्त्रीको टुङ्गो

प्रकाशित समय: बुधवार, ०६ : १९ बजे चैत्र २९ गते



काँग्रेसले लगायो मन्त्रीको टुङ्गो

काठमाडौँ । नेपाली काँग्रेसले मन्त्री बन्नेहरूको नाम टुङ्ग्याएको छ । काँग्रेसले ८ वटा मन्त्रालय लिने सहमति अनुसार आन्तरिक भागवण्डा नमिलेपछि काँग्रेसले १७ चैतमा ४ जना मात्र मन्त्री पठाएको थियो ।

 

अब उपसभापति धनराज गुरुङ, नेताहरू एनपी साउद, मोहन बस्नेत, डिगबहादुर लिम्बु र सुरेन्द्र आचार्य मन्त्री हुनेछन् । साउद र बस्नेत संस्थापन समूहका हुन् । साउद परराष्ट्र मन्त्री बन्ने सम्भावना छ भने बस्नेतले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री दाबी गर्दै आएका छन् ।