सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, १९ बैशाख २०८३ / Saturday, 02 May 2026

विप्रेषण आप्रवाह उल्लेख्य रूपमा बढ्याेः राष्ट्र बैंक

प्रकाशित समय: बिहिवार, ०९ : १७ बजे चैत्र ३० गते



विप्रेषण आप्रवाह उल्लेख्य रूपमा बढ्याेः राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९–८०को फागुन सम्ममा विप्रेषण आप्रवाह उल्लेख्य रूपमा बढेको जानाएको छ । समीक्षा अवधिमा विप्रेषण आप्रवाह २५.३० प्रतिशतले वृद्धि भ्उर ७९४ अर्ब ३२ करोड पुगेको छ ।

यसैगरी अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १.३० प्रतिशतले घटेको थियो । केन्द्रीय बैंकले देशको वर्तमान अर्थिक तथा वित्तिय स्थिति बारे एक प्रेश विज्ञप्ति जारि गर्दै अमेरिकी डलरमा विप्रेषण आप्रवाह १४.८० प्रतिशतले वृद्धि भई ६ अर्ब ९ करोड पुगेको जनाएको छ । अघिल्लो वर्ष आप्रवाह २.६० प्रतिशतले घटेको थियो ।