सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, १९ बैशाख २०८३ / Saturday, 02 May 2026

बैंक तथा वित्तीय संस्थाले ब्याजदर एकल अंकमा झार्ने

प्रकाशित समय: बिहिवार, ०३ : ३१ बजे चैत्र ३० गते



बैंक तथा वित्तीय संस्थाले ब्याजदर एकल अंकमा झार्ने

काठमाडौँ, १ वैशाख । बैंक तथा वित्तीय संस्थाले वैशाख महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।

 

बुधबार बसेको बैंकर्स संघको निर्णयअनुसार बिहीबार पत्रकार सम्मेलन गरेर दिएको जानकारीअनुसार वैशाख महिनाका लागि ब्याज दर एकल अंकमा झारिएको छ ।नयाँ ब्याजदरअनुसार निक्षेपको अधिकतम ब्याजदर ९.९९ प्रतिशत, संस्थागत निक्षेपमा ७.९९ प्रतिशत कायम गरिएको छ ।

 

वैशाखबाट बैंक तथा वित्तीय संस्थाले साधारण बचतमा न्यूनतम ५.४ प्रतिशतदेखि ७.४ प्रतिशत ब्याजदर मात्र प्रदान गर्ने भएका छन् । निक्षेपको ब्याजदर घटाइएकाले अब कर्जाको ब्याजदर समेत केही प्रतिशत घट्नेछ ।

 

उक्त ब्याजदर १ वैशाख शुक्रबारबाट लागु हुनेछ ।