सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, १९ बैशाख २०८३ / Saturday, 02 May 2026

नेपालमा थप १०६ जनामा कोरोना संक्रमण पुष्टि

प्रकाशित समय: बिहिवार, ०४ : ५४ बजे चैत्र ३० गते



नेपालमा थप १०६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, ३० चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लाे २४ घण्टामा १०६ जनामा काेराेनाभाइरस स‌ंक्रमण पुष्टि भएकाे जनाएकाे छ ।

 

बिहीबार अपरान्ह मन्त्रालयले सार्वजनिक गरेकाे विवरणअनुसार पछिल्लाे २४ घण्टामा १ हजार ४८८ नमुना परीक्षण गर्दा १०६ जनामा काेराेना संक्रमण पुष्टि भएकाे हाे ।जसअनुसार ५४१ नमुनाकाे पीसीआर परीक्षण गर्दा ६४ जनामा र ९४७ नमुनाकाे एन्टिजेन परीक्षण गर्दा ४२ जनामा काेराेना संक्रमण देखिएकाे हाे । याेसँगै सक्रिय संक्रमितकाे संख्या ४३५ रहेकाे छ ।

 

पछिल्लाे २४ घण्टा ७४ जनामा काेराेना संक्रमणमुक्त भएका छन् ।