सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, १९ बैशाख २०८३ / Saturday, 02 May 2026

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ निर्विरोध

प्रकाशित समय: बिहिवार, ०५ : १६ बजे चैत्र ३० गते



उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ निर्विरोध

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । पहिलो चरणमा भएको निर्वाचनमा ३ जना मध्येका कुनै पनि प्रत्यासीले ५० प्रतिशत मत नकटाएपछि दोस्रो चरणको निर्वाचनमा अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठबीच चुनावी भिडन्त पक्का भएको थियो ।

 

तर, अञ्जनलाई वरिष्ठ उपाध्यक्षमा उमेशले समर्थन गर्ने सहमति जनाएपछि अञ्जन निर्विरोध निर्वाचित भएका हुन् ।