काठमाडौं । आज (शुक्रबार)बाट विक्रम सम्वत २०८० सुरु भएको छ । १ वैशाखलाई नेपालीले नयाँ वर्षको रुपमा मनाउँदै आएको छ । नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन शुक्रबार देश तथा विदेशमा रहेका नेपालीले एकअर्कामा शुभकामना आदानप्रदान गरी नयाँ वर्ष मनाइरहेका छन् ।
नयाँ वर्षको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । जस कारण नयाँ वर्षको दिन साथीभाइ तथा परिवारका सदस्यहरु भेला भएर घुम्न जाने, रमाइलो गर्ने गर्छन् । यसदिन नयाँ कामको थालनी गर्ने परम्परा पनि छ । मल्लकालदेखि नेपालमा मौलिक सम्वतका रुपमा चल्दै आएको विक्रम सम्वत विक्रमादित्यले चलाएका हुन् । नेपालमा मात्र मौलिकरुपमा यो सम्वत चल्छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ