काठमाडौं । भक्तपुरमा शनिबार जिब्रो छेड्ने जात्रा मनाइँदै छ । मध्यपुरथिमि नगरपालिकाको बोडेमा हरेक वर्ष वैशाख २ गते ‘जिब्रो छेड्ने जात्रा मनाइन्छ । जसअनुसार शनिबार बोडेका २७ २७ वर्षीय सुजन बाग श्रेष्ठले पहिलो पटक जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिँदै छन् । जिब्रो छेड्ने व्यक्तिले महादीप बोकेर नगरपरिक्रमा गरेर बोडेको महालक्ष्मी मन्दिरमा पुगेर सुइरो झिकेपछि जात्रा सम्पन्न हुन्छ । यसैबीच मध्यपुरथिमि क्षेत्रमै शनिबार ३२ खटसहितको सिन्दुर जात्रा पनि मनाइँदैछ । बिस्केट जात्राको अवसरमा मध्यपुरथिमिका स्थानीयवासीले बिहानैदेखि हर्षोल्लासका साथ सिन्दुर खेलेर सिन्दुर जात्रा मनाउने गर्दछन् ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ