सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, १९ बैशाख २०८३ / Saturday, 02 May 2026

भारतको एम्स अस्पतालमा राष्ट्रपति पौडेलको उपचार सुरु

प्रकाशित समय: बुधवार, ०३ : ५४ बजे बैशाख ६ गते



भारतको एम्स अस्पतालमा राष्ट्रपति पौडेलको उपचार सुरु

काठमाडौँ । भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस(एम्स)मा राष्ट्रपति रामचन्द्र पौडेलको उपचार सुरु भएको छ ।

 

बुधवार बिहान उनलाई श्रीएयरको एयर एम्बुलेन्समार्फत भारत लगिएको थियो । उनलाई अहिले अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स)मा पुर्‍याए लगत्तै उपचार सुरु गरिएको उनको सचिवालयले जनाएको छ।

 

स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति पौडेललाई उपचारका लागि मङ्गलबार साँझ त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना गरिएको थियो ।