सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, १९ बैशाख २०८३ / Saturday, 02 May 2026

कर्णाली : नवनियुक्त चार मन्त्रीले लिए शपथ

प्रकाशित समय: बिहिवार, ०१ : १६ बजे बैशाख ७ गते



कर्णाली : नवनियुक्त चार मन्त्रीले लिए शपथ

सुर्खेत ।कर्णालीका नवनियुक्त चार जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

 

प्रदेश प्रमुख तिलक परियारले शपथ खुवाएका हुन् । कांग्रेसबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा बेदराज सिंह, सामाजिक विकास मन्त्रीमा खड्गबहादुर पोखरेल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा कृष्णकुमार बिसीले शपथ लिएका हुन् । यस्तै यसअघि भौतिक पूर्वाधार राज्यमन्त्री बनेकी माओवादीकी उर्मिला विश्वकर्माले जलस्रोत तथा उर्जा विकास मन्त्रीको रुपमा शपथ लिएकी छन् ।