सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, १९ बैशाख २०८३ / Saturday, 02 May 2026

अचानक भेरी नदीको बेलिब्रिज भाँचिदा केही व्यक्तिको मृत्यु

प्रकाशित समय: बिहिवार, ०२ : ५६ बजे बैशाख ७ गते



अचानक भेरी नदीको बेलिब्रिज भाँचिदा केही व्यक्तिको मृत्यु

सुर्खेत ।  रुकुम पश्चिम र जाजरकोट जोड्ने भेरी नदीको बेलिब्रिज भाँचिएको छ ।अधिकांश त्यहाँ कार्यरत मजदुरहरू रहेको बुझिएको छ । रुकुम पश्चिम प्रहरीका अनुसार घाइते नौ जना नै मजदुरहरू हुन् । त्यसमा केहीको अवस्था चिन्ताजनक रहेको र केहीको मृत्यु भइसकेको अनुमान प्रहरीको छ ।

 

उक्त बेलिब्रिजले भेरी करिडोर अन्तर्गत जाजरकोट नलगाड नगरपालिका–१२ तल्लुबजार र रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको गोतामकोट जोड्दछ ।जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायव उपरीक्षक नमराज भट्टराईका अनुसार घाइतेको उपचारका लागि नेपालगन्ज लैजान हेलिकप्टोरबाट खोजी भइरहेको छ ।

 

अहिले प्रहरीको टोली घटनास्थलमा पुगेको बताइएकाे छ ।