काठमाडौं । आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि गएराती १२ बजेदेखि मौन अवधि सुरु भएको छ । अब दलहरुले कुनै पनि चुनावी प्रचारप्रसार गर्न पाउने छैनन् ।
निर्वाचन आचारसंहिता अनुसार निर्वाचन हुनु ४८ घण्टा अघिदेखि मौन अबधी लागु हुन्छ । मौन अवधिभर दलहरुले छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला गोष्ठी लगायत कुनै पनि क्रियाकलाप गर्न नपाउने निर्वाचन आयोगले जनाएको छ ।
तर निर्वाचन आचारसंहिता लगाए पनि उपनिर्वाचन हुने जिल्लाहरुमा निर्वाचन आचारसंहिता उल्लंघनका घटनाहरु भैरहेको निर्वाचन आयोगको ठहर छ । दलहरुले चुनावी पम्प्लेट, तुल ब्यानर लगायत निर्वाचन आचारसंहिता विपरित प्रचारप्रसार गरिरहेको पाईएको निर्वाचन आयोगले जनाएको छ ।
यसैगरी उपनिर्वाचनका आउन तीन दिन मात्र बाँकी रहदा आयोगले आवश्यक तयारी अन्तिम चरणमा रहेको जनाएको छ । उपनिर्वाचनका लागि आवश्यक मतपत्र, मतपेटिका लगाएतका सामाग्री सम्बन्धित जिल्लाहरुमा पुर्याइसकेको छ ।
यसपटकको उपनिर्वाचनमा बारा क्षेत्र नं २ मा ३४, तनहुँ क्षेत्र नं १ मा नौ र चितवन क्षेत्र नं २ मा २४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ