सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, १९ बैशाख २०८३ / Saturday, 02 May 2026

ओमानविरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल

प्रकाशित समय: शुक्रवार, १० : १९ बजे बैशाख ८ गते



ओमानविरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल

काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कप क्रिकेटमा ओमानले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । टियु मैदानमा भएको टस ओमानले जितेको हो । ओमानले बलिङ रोजे पछि नेपालले पहिले ब्याटिङ गर्दैछ ।

 

समूह ‘ए’ मा रहेका दुई उपाधि दाबेदार नेपाल र ओमानबीचको खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा केहीबेरमा सुरु हुँदैछ । वैशाख १८ गते सम्म सञ्चालन हुने प्रतियोगिताका खेलहरू कीर्तिपुरस्थित टियु मैदान र मुलपानीमा रहेको क्रिकेट मैदानमा खेल सञ्चालन हुनेछ ।

 

कुल २४ खेल हुने प्रतियोगिताको फाइनल खेल वैशाख १८ गते टियु मैदानमा आयोजना हुनेछ । यस प्रतियोगितामा १० राष्ट्रको सहभागिता रहेको छ । सहभागी १० राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाली टोलीमा एक परिवर्तन भएको छ । गुलसन झाको स्थानमा करण केसी टोलीमा फर्किएका छन् ।