तनहुँ । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा स्वर्णिम वाग्ले विजयी भएका छन् । तनहुँ क्षेत्र नम्बर १ बाट वाग्ले करिव १५ हजार मतान्तरले विजयी भएका हुन् । वाग्लेले ३४ हजार ९१८ पाउँदा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेस उम्मेदवार गोविन्द भट्टराईले २० हजार १२२ मत पाए । वाग्लेले भट्टराईभन्दा १४ हजार ७९६ मत बढी ल्याएका छन् ।
नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनाल ८ हजार ४८८ मतमा सिमित भए । राप्रपाकी शोभा गुरुङले २१८ र मंगोल नेशनल अर्गनाइजेसनका प्रेमबहादुर थापाले १६६ मत पाएका छन् । मंसिर ४ गतेको निर्वाचनमा नेपाली कांग्रेस विजयी भएको थियो । उक्त निर्वाचनमा कांग्रेस नेता रामचन्द्र पौडेल निर्वाचित भएका थिए । पौडेल राष्टपति निर्वाचित भएपछि उक्त क्षेत्रमा उपनिर्वाचन भएको हो ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ