सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, १९ बैशाख २०८३ / Saturday, 02 May 2026

रवि भारी मतान्तरले जित नजिक, गणना बाँकी मत २१ हजार, मतान्तर ३४ हजार

प्रकाशित समय: मगलवार, ०९ : ३५ बजे बैशाख १२ गते



रवि भारी मतान्तरले जित नजिक, गणना बाँकी मत २१ हजार, मतान्तर ३४ हजार

काठमाडौं । चितवन-२ मा रवि लामिछाने भारी मतान्तरले जित नजिक पुगेका छन् । करिव २१ हजार मतगणना बाँकी हुँदा रवि ३४ हजार मतान्तरले अगाडि छन् । भरतपुर महानगरपालिका र इच्छाकामना गाउँपालिकाको ५६ हजार ४९६ मत गणना सकिँदा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछाने ३३ हजार ८९८ मतान्तरले अगाडि छन् ।


निर्वाचन कार्यालयका अनुसार अब कालिका नगरपालिकाको २१ हजार ७८१ मत गणना बाँकी छ । लामिछानेका निकटतम प्रतिस्पर्धी उम्मेदवार जीतनारायण श्रेष्ठले ७ हजार ६१५ मत पाएका छन् भने तेस्रो नम्बरमा रहेका एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेको ७ हजार ३९९ मत पाएका छन् ।

आज साँझसम्म चितवनको अन्तिम मतपरिणाम सार्वजनिक हुने निर्वाचन कार्यालयले जनाएको छ । मंसिर ४ गतेको निर्वाचनमा ३५ हजार मतान्तरले लामिछाने विजयी भएका थिए । तर दोहोरो नागरिकताका सर्वाेच्च अदालतको फैसलापछि रविको सम्पूर्ण सार्वजनिक पद गुमेको थियो ।