काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले ५० हजार मत कटाएका छन् । चितवन २ को मतगणना अन्तिम चरणमा पुग्दा लामिछानेले ५० हजार ७९ मत पाएका छन् ।
उनलाई नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले पछ्याइरहेका छन् । श्रेष्ठले ९ हजार १६५ मत पाउँदा तेस्रो नम्बर रहेका एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले ८८७७ मत पाएका हुन् ।
मंसिर ४ गतेको निर्वाचनमा ३५ हजार मतान्तरले लामिछाने विजयी भएका थिए । तर दोहोरो नागरिकताका सर्वोच्च अदालतको फैसलापछि रविको सम्पूर्ण सार्वजनिक पद गुमेको थियो । मंसिर ४ गतेको निर्वाचनमा कांग्रेस र एमालेले १४ हजार मत पाएका थिए । यसपटक उनीहरुले आफ्नो विगतको मत पनि जोगाउन सकेनन् ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ