काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. ढाकाकुमार श्रेष्ठ पदमुक्त भएका छन् ।मंगलबार प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले उनलाई पार्टीले निष्कासन गरेको जानकारीसहितको सूचना पढेर सुनाएसँगै श्रेष्ठ पदमुक्त भएका हुन् ।
व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड डिलको अडिओ बाहिरिएपछि रास्वपाले उनलाई सांसदसहित पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो ।पार्टीले सांसद श्रेष्ठलाई पदमुक्त गराउन संघीय संसद सचिवालयमा पत्राचार गरेको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीको सोही निर्णय बमोजिम उहाँको पद रिक्त भएको सभामुख घिमिरेले बताए ।
उनको ठाउँमा रास्वपाले विन्दवासिनी कंशाकारलाई सांसद बनाउने निर्णय गरिसकेको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ