सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, १९ बैशाख २०८३ / Saturday, 02 May 2026

बारा-२ मा उपेन्द्र यादव ५ हजार मतले अगाडि

प्रकाशित समय: मगलवार, ०४ : ३४ बजे बैशाख १२ गते



बारा-२ मा उपेन्द्र यादव ५ हजार मतले अगाडि

काठमाडौं ।बारा २ मा भएको उपनिर्वाचनको मतगणनामा उपेन्द्र यादवले अग्रता कायम राखेका छन् । खसेको ६९ हजार १०७ मतमध्ये ३९ हजार १९४ मत गणना भएको छ ।

 

जसमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले १६ हजार ९१३ र जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहले ११ हजार ९८९ मत पाएका छन् । उनीहरुबीचको मतान्तर ४ हजार ९२४ रहेको छ ।

 

त्यस्तै नेकपा एमालेका पुरुषोत्तम पौडेलले ५ हजार २७२, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले २ हजार १३१ र आम जनता पार्टीका अरुण ज्ञवालीले १ हजार ९५९ मत पाएका छन् ।