काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले पछिल्लो समय विकासले मात्र पनि नागरिक सन्तुष्ट नभएको स्थिति महसुस भएको बताएका छन् ।
बुधबार एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले चितवन र भरतपुर महानगरपालिकाको विकासका लागि आफूले असाधारण योगदान गरे पनि जनता सन्तुष्ट नभएको बताए ।
उपचुनावको परिणामलाई संकेत गर्दै दाहालले भने, ‘कहिलेकाहीँ मलाई के महसुस हुन्छ भने विकास गरेपछि जनता सन्तुष्ट हुन्छन् भन्ने मात्र पनि रैनछ । गएको ५ वर्षमा चितवनको जनप्रतिनिधिका रूपमा मैले चितवनमा सिंगै र भरतपुर महानगरपालिकामा विकासको जुन स्तर भएको छ जुन अभूतपूर्व र असाधारण छ । तर विकासले मात्र जनतालाई सन्तुष्ट गर्न सक्दो रहेनछ । कहाँनेर के मिसिङ छ हामी सबैले आत्मसमीक्षा गर्नु जरुरी छ ।’
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ