सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, १९ बैशाख २०८३ / Saturday, 02 May 2026

ओलीमाथि झापामा आक्रमण प्रयास, गृहमन्त्री श्रेष्ठले गराए सदनलाई जानकारी

प्रकाशित समय: बुधवार, ०४ : ४४ बजे बैशाख १३ गते



ओलीमाथि झापामा आक्रमण प्रयास, गृहमन्त्री श्रेष्ठले गराए सदनलाई जानकारी

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि झापामा भएको आक्रमणको प्रयासबारे संसदमा जानकारी गराएका छन् ।

 

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा एमाले प्रमुख सचेतक पदम गिरीले उठाएको प्रश्नको जवाफ दिँदै गृहमन्त्री श्रेष्ठले केपी शर्मा ओली झापाको बुधबारेमा हुन लागेको कार्यक्रममा जाने क्रममा कोशी नामाकरणको विरोधमा रहेका समूहले ढुङ्गामुडा गर्ने दुःखद घटना भएको जानकारी गराएका हुन् ।

 

ढुङ्गा प्रहारमा संलग्न १ जनालाई प्रहरीले पक्राउ गरेको र सो क्रममा २ जना प्रहरी घाइते भएको उनले बताए । उनले अध्यक्ष ओलीले गरेको कार्यक्रम सफल भएको र इलाम गएको सदनलाई जानकारी गराए ।