सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, १९ बैशाख २०८३ / Saturday, 02 May 2026

संसदीय विषयगत समिति गठन

प्रकाशित समय: शुक्रवार, ०५ : ०६ बजे बैशाख १५ गते



संसदीय विषयगत समिति गठन

काठमाडौं । पाँच महिनापछि संसदीय विषयगत समिति गठन भएको छ ।शुक्रबार सभामुख देवराज घिमिरेले संसदीय विषगत समितिमा रहने सदस्यहरुको नाम संसदमा प्रस्तुत गरेका छन् ।

 

गत ४ मंसिरमा सम्पन्न चुनावपछिको प्रतिनिधिसभाको अधिवेशन भने पुस २५ गतेबाट शुरु भएको थियो ।यसबीचमा प्रतिनिधिसभा नियमावली २०७९ पारित गरेको छ । पारित नियमावली अनुसार संसदीय विषगत समिति गठन भएको हो ।प्रतिनिधिसभा नियमावली अनुसार प्रतिनिधिसभामा १० वटा विषयगत समिति रहेका छन् । राष्ट्रिय सभाको समेत गरी दुई वटा विषयगत समिति रहेका छन् ।

 

नियमावली अनुसार प्रतिनिधिसभाको विषयगत समिति अन्तर्गत अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, कृषि, सहकारी तथा प्राकृतिक श्रोत समिति, महिला तथा सामाजिक मामिला समिति, राज्यव्यवस्था तथा सुशासन समिति, पूर्वाधार विकास समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक लेखा समिति रहेको छ ।

 

विषयगत समितिमा रहने सदस्यहरुको नाम पढेर सभामुखले सदनसमक्ष राखेको प्रस्ताव सर्वसम्मत रुपमा अनुमोदन भएको छ ।