काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय आविष्कार केन्द्रका सञ्चालक महावीर पुनको माग राज्यले तत्काल सम्बोधन गर्नुपर्ने बताएका छन् ।
शनिवार नेपाल विद्यालय कर्मचारी परिषद्ले ललितपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री शर्माले यस्तो बताएका हुन् ।महामन्त्री शर्माले भने, ‘यही बेलामा महावीर पुन जस्ता मान्छेहरू नवप्रवर्तन, आविष्कारका लागि नयाँ इनोभेसनको कुराका लागि राज्यले प्राथमिकता देओस् भनेर सडकमा पुग्नुपरेको छ। सम्माननीय प्रधानमन्त्रीज्यूसँग मैले अरु नै कारणले भेट्नु थियो, बालुवाटारमा भेट्दै गर्दा पनि मैले यसको बारेमा स्मरण गराएको छु। महावीर पुनको विषयलाई यथाशीघ्र सम्बोधन गर्नुपर्छ । महावीर पुन जत्तिको एउटा आविष्कार केन्द्र खोलेर गैरनाफामुलक संस्था बनाएर निजी क्षेत्रबाट नेपालमा आविष्कार गर्ने कुरालाई अग्रणी संस्थाको रूपमा उभिएको व्यक्तित्व सडकमा उभिएको अवस्था सुन्दर देखिएको छैन ।’
शर्माले गैरनाफामुलक संस्था बनाइ निजी क्षेत्रबाट नेपालमा आविष्कार गर्ने कुरालाई अग्रणी संस्थाको रूपमा विकास गर्ने व्यक्तिको माग सरकारले तत्काल संवादबाट समाधान गर्नुपर्ने उल्लेख गरे । उनले राज्यले सम्मान गर्नुपर्ने व्यक्तित्व सडकमा उभिनु सुन्दर पक्ष नरहेको बताए ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ