सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, १९ बैशाख २०८३ / Saturday, 02 May 2026

महावीर पुनसँग सरकारले थाल्यो वार्ता

प्रकाशित समय: आइतवार, ०१ : ५२ बजे बैशाख १७ गते



महावीर पुनसँग सरकारले थाल्यो वार्ता

काठमाडौं । सरकारले अनुसन्धान, नवप्रवर्तन र आविष्कारसहित ४ बुँदे माग राख्दै माइतीघरमा धर्ना बसेका राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनसँग वार्ता थालेको छ ।

 

वार्ता सिंहदरबारस्थित रक्षा मन्त्रालयमा जारी छ । वार्तामा कानुन मन्त्रीको समेत जिम्मेवारीमा रहेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्ण खड्का र पुनसहित अन्य सहभागी रहेका खड्काको सचिवालयले जनाएको छ ।सरकारले खोज अनुसन्धान र आविष्कारमा बेवास्ता गरेको भन्दै पुनले शुक्रबारदेखि माइतीघरमा धर्ना सुरु गरेका थिए ।

 

महावीरसँगै धर्नामा राजनीतिक दलका पार्टीका नेता तथा सामाजिक अभियन्ताहरु पनि सहभागी भएका छन् ।