सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, १९ बैशाख २०८३ / Saturday, 02 May 2026

राष्ट्रपति पौडेल डिस्चार्ज, आजै स्वदेश फर्कने

प्रकाशित समय: आइतवार, ०३ : ३२ बजे बैशाख १७ गते



राष्ट्रपति पौडेल डिस्चार्ज, आजै स्वदेश फर्कने

काठमाडौं । उपचारका लागि भारत गएका राष्ट्रपति रामचन्द्र पौडेल आज स्वदेश फर्किँदै छन् ।

 

राष्ट्रपति कार्यालयका प्रवक्ताका अनुसार आजै राति नेपाल एयरलाइन्सको नियमित उडानबाट पौडेल स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

 

राष्ट्रपति पौडेलको दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा अस्पतालमा उपचार भएको थियो ।उपचारमा संलग्न चिकित्सकहरूले अझ केही हप्ता आराम गर्ने सुझाव दिएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

 

पेट र छातीमा समस्या देखिएपछि पौडेललाई एयर एम्बुलेन्सबाट वैशाख ६ गते दिल्ली लगिएको थियो ।