काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सचिव तथा सांसद टोपबहादुर रायमाझी आफ्नो सम्पर्कमा नरहेको बताएका छन् । शनिबार प्रधानमन्त्री पुष्पकमल दाहालसँग नक्कली भुटानी शरणार्थी प्रकरणमा भइरहेको अनुसन्धानबारे छलफल गर्न ओली सिंहदरबार पुगेका थिए ।
भेटपछि सञ्चारकर्मीहरूको प्रश्नमा पक्राउ पुर्जी जारी भएपछि फरार रहेका रायमाझीको अवस्थाबारे आफू अनभिज्ञ रहेको बताएका हुन् । उनले भने, ‘मेरो सम्पर्कमा हुनुहुन्न । तपाईंहरु नै बताइदिनुस् ।’ अपराधीलाई जोगाउन लाग्नुभएको हो भन्ने प्रश्नमा ओलीले केहीले यस्तो गलत हल्ला चलाएको स्पष्टीकरण दिए ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ