सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, १९ बैशाख २०८३ / Saturday, 02 May 2026

आज सन्दीपको मुद्दाको अन्तिम बहसको पेशी

प्रकाशित समय: आइतवार, १० : ०७ बजे बैशाख २४ गते



आज सन्दीपको मुद्दाको अन्तिम बहसको पेशी

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेको मुद्दाको अन्तिम बहसको पेशी आजलाई तोकिएको छ।

 

गत ११ वैशाखमा मुद्दाको अन्तिम बहस सुरु भए पनि न्यायाधीश दीपक ढकालले लामो बहसपछि मुद्दा हेर्न नभ्याइनेमा राखेसँगै लगातार सुनुवाइ हुन सकेको थिएन। जसको पेशी आजका लागि तोकिएको छ।

 

बलात्कार आरोप लागेका लामिछानेको मुद्दाको चाँडो किनारा लगाउन सर्वोच्चले आदेश दिएको भए पनि विभिन्न कारणले मुद्दाको अन्तिम सुनुवाइ प्रभावित हुँदै आएको छ।