सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, १९ बैशाख २०८३ / Saturday, 02 May 2026

अब सांसदहरूको ई–हाजिरी हुने

प्रकाशित समय: आइतवार, ०१ : १९ बजे बैशाख २४ गते



अब सांसदहरूको ई–हाजिरी हुने

काठमाडौँ ।प्रतिनिधिसभाका सांसदहरूको अब विद्युतीय हाजिरी हुने भएको छ । प्रतिनिधिसभा कार्यव्यवस्था समितिले यो अधिवेशनबाटै इलेक्ट्रोनिक हाजिरीको व्यवस्था गर्ने निर्णय भएको जानकारी दिएको छ ।

 

प्रतिनिधिसभा कार्यव्यवस्था समितिको आइतबारको बैठकले अबदेखि सांसदहरूको हाजिरी संसद्‌को वेबसाइटमार्फत सोही दिन सार्वजनिक पनि गरिने सभामुख देवराज घिमिरेले जानकारी दिएका छन् ।सांसदहरूको विद्युतीय हाजिरीको व्यवस्था नहुँदा उपस्थित/अनुपस्थित सांसदबारे जानकारी नहुने र कोरम समेत नपुग्नेजस्ता समस्या हुँदै आएको थियो । विद्युतीय हाजिरीपछि उक्त समस्या हट्ने सभामुखले बताएका छन् ।

 

यसअघि सांसदहरूको हाजिरी रजिस्टरमा हुँदै आएको थियो ।