सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, १९ बैशाख २०८३ / Saturday, 02 May 2026

नवनियुक्त मन्त्री आचार्यले लिए शपथ

प्रकाशित समय: आइतवार, ०१ : २९ बजे बैशाख २४ गते



नवनियुक्त मन्त्री आचार्यले लिए शपथ

काठमाडौं । नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्र आचार्यले शपथ लिएका छन् ।शीतल निवासमा आयोजित एक समारोहबीच मन्त्री आचार्यलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ गराए ।

 

महिला बालबालिका मन्त्रालय सम्हालिरहेका नेपाल समाजवादी पार्टीका महेन्द्रराय यादवलाई खानेपानी मन्त्रालयमा पठाएर आचार्यलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिइएको हो ।

 

जिल्लाको पार्टी नेतृत्व सम्हालेका आचार्य अहिले कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्री छन् । २०७० को दोस्रो संविधान सभाको सदस्य पदमा निर्वाचित भई उनी तीन महिना सिँचाइ राज्यमन्त्री बनेका थिए ।