सत्य, निष्पक्ष र खोजमुलक समाचार
शुक्रवार, २६ जेठ २०८० / Friday, 09 June 2023

मन्त्रीको नाम माग्न काठमाडौँ पुगे सुदूरपश्चिमका मुख्यमन्त्री शाह



प्रकाशित समय: सोमवार, १० : ४३ बजे बैशाख २५ गते



मन्त्रीको नाम माग्न काठमाडौँ पुगे सुदूरपश्चिमका मुख्यमन्त्री शाह

काठमाडौं ।सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीसहितको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता भएको छ ।

 

२६ माघका मुख्यमन्त्रीमा नियुक्त भएका शाह यस अघि पनि पटक पटक सरकार विस्तारका लागि शीर्ष नेताहरूलाई मनाउन काठमाडौँ पुगेका थिए । तर, भागबन्डामा सहमति नहुँदा मुख्यमन्त्री नियुक्त भएको ३ महिना सम्म चार मन्त्रालयमा मन्त्री नियुक्त गर्न सकेका छैनन् ।

 

यस पटक मन्त्रीको नाम नै लिएर फर्किने योजना बनाएर हिजो काठमाडौँ पुगेका मुख्यमन्त्री शाहले आज बिहानै देखि सरकार विस्तारको लागि शीर्ष नेताहरूसँगको छलफललाई तीव्रता दिएका हुन् ।सरकारमा माओवादी केन्द्रले ३, नागरिक उन्मुक्ति पार्टीले २, मन्त्रालयमा दाबी गरेको छ । अहिले सरकारमा रहेको कांग्रेसले मुख्यमन्त्री र भौतिक पूर्वाधार विकास मन्त्रालय लिएको छ । थप १ मन्त्रालय पनि पाउनुपर्ने कांग्रेसको दाबी छ ।

 

माओवादीमा ३ मन्त्रालयको लागि आधा दर्जन आकांक्षी छन् ।आकांक्षी धेरै भएका कारण माओवादीले मन्त्रीको नाम टुङ्गो लगाउन सकेको छैन ।