सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, १९ बैशाख २०८३ / Saturday, 02 May 2026

शीर्ष नेताहरुको बैठकमा गृहमन्त्री पनि सहभागी

प्रकाशित समय: बुधवार, ०४ : ३५ बजे बैशाख २७ गते



शीर्ष नेताहरुको बैठकमा गृहमन्त्री पनि सहभागी

काठमाडौं । सिंहदरबारमा तीन दलका शीर्ष नेताहरूबीच भेटमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ पनि प्रवेश गरेका छन् । सिंहदरबारमा जारी प्रधानमन्त्री पुप्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीको भेटमा गृहमन्त्री पुगेका हुन् ।

 

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान उत्कर्षमा पुगेर हाइ प्रोफाइल नै मुछिरहेका बेला बेला तीन दलका शीर्ष नेताहरु छलफलमा बस्नुलाई अर्थपूर्णरूपमा हेरिएको छ । आजैमात्रै कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परेका छन् ।