काठमाडौं । पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई अनुसन्धानका लागि थुनामा राख्न ४ दिन म्याद थप गरिएको छ ।
नक्कली शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा खाणलाई बुधबार विहान पक्राउ गरेको हाे । प्रहरीले खाणसँगै उनका पीए नरेन्द्र केसीलाई पनि पक्राउ गरेको छ ।याे प्रकरणमा हालसम्म १२ जना पक्राउ परेका छन् ।
प्रकरणमा आरोपित नेकपा (एमाले) का सचिव टोपबहादुर रायमाझीलाई भने प्रहरीले खोजी गरिरहेको छ । जिल्ला प्रहरी परिसरले उनीविरुद्ध संगठित अपराधमा अनुसन्धान गरिरहेको छ । उक्त घटनामा हालसम्म १०६ जनाले २० जाहेरी दिएका छन् । उनीहरूले कुल रु २३ करोड २५ लाख ठगी भएको प्रहरीमा जाहेरी दिएका छन् ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ