सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, १९ बैशाख २०८३ / Saturday, 02 May 2026

कांग्रेस पदाधिकारी बैठक आजपनि बस्दै, खाणबारे निर्णय हुने

प्रकाशित समय: बिहिवार, १० : ०२ बजे बैशाख २८ गते



कांग्रेस पदाधिकारी बैठक आजपनि बस्दै, खाणबारे निर्णय हुने

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेपछिको स्थितिबारे छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै छ ।

 

हिजो बसेको बैठकमा खाणका बारेमा प्रारम्भिक छलफल भए पनि उनीमाथि प्रहरी अनुसन्धान जारी रहेको र सो अनुसन्धान परिपक्व नभएको भन्दै कुनै निर्णय गरिएको थिएन ।धुम्बाराहीस्थित पार्टी सभापति शेरबहादुर देउवाको निवासमा दिउँसो दुई बजे बस्ने बैठकमा केन्द्रीय सदस्य खाँणलाई निलम्बन गर्ने कि नगर्नेलगायतका विषयमा छलफल हुने एक नेताले जानकारी दिए ।