काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने पक्षमा रहेको बताएका छन् । उनले व्यवहारिक र कानुनी जटिलता फुकाएर छिट्टै प्रतिवेदन सार्वजनिक गर्ने बताए ।
बिहीबार प्रतिनिधिसभामा सांसदसँगको प्रश्नोत्तरमा ‘लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकार किन डराइरहेको छ ?’ भन्ने प्रश्नमा जवाफ दिँदै उनले सरकारको प्रतिवेदन सार्वजनिक गर्ने पक्षमा रहेको बताएका हुन् । ‘व्यवहारिक र कानुनी जटिला फुकाएर सार्वजनिक गर्न सकिन्छ’, प्रधानमन्त्रीले भने ।
यस्तै उनले रेशम चौधरीसहितका बन्दीहरुको रिहाइका लागि पहल गर्दै आएको भन्दै यससम्बन्धी विधेयक संसदमा विचाराधीन रहेको बताए । यो विधेयकलाई पारित गर्ने बाटोमा संसद अघि बढ्ने प्रधानमन्त्रीले विश्वास व्यक्त गरे । ‘रेशम चौधरीको विषयमा यस अगाडि पनि अध्यादेश ल्याएर भएपनि छुटाउने प्रयास गरेकै हो । सबैतिर कुनै न कुनै रुपमा आवाज उठाएको हो । सर्वोच्चले एक खालको फैसला समेत गरिसकेको अवस्थामा अब यो विषयलाई कसरी समाधान गर्ने भन्नेबारे हामी छिटो टुंगो पुग्नेछौँ’, उनले भने ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ